मोरङमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर ११ गते १३:२१ मा प्रकाशित

विराटनगर,११ मङ्सिर।मोरङमा पछिल्लो १२ घण्टाको अवधिमा कोरोना सङक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

मोरङको लेटाङ नगरपालिका–२ का ७० वर्षिय पुरुषको उपचारको क्रममा आज नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ।

मृतकको पिसीआर रिपोर्ट पोजेटिभ आएपछि यही मङ्सिर ९ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनु भयो ।

मृतकमा श्वास फेर्न गाह्रो हुने,खोकी लाग्ने र ज्वरो आउने समस्या रहेको थियो।

त्यस्तै मोरङको रतुवामाई नगरपालिका–८ का वस्ने ८० वर्षिय वृद्धको बुधबार राति होम आइशोलेशनमा मृत्यु भएको नगरपालिकाले जनाएको छ। मृतकलाई यही मङ्सिर १ गते पोजेटिभ देखिएपनि सामान्य अवस्थामा रहेकाले होम आइशोलेसनमा वसेको अवस्थामा बुधबार राति मृत्यु भएको छ।निज मृगौला सम्वन्धि पुरोना रोगी थिए।

 

प्रतिक्रिया