अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ७८ हजार संक्रमित,२,२९२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७८ हजार २ सय ४२ पुगेको न्यूयोर्क टाइम्सको तथ्यांकले उल्लेख गरेको छ । यसै गरि एकैदिनमा २ हजार २ सय ९२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।
गत मंगलबार नोभेम्बर २५ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार १६ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नया संक्रमितको संख्यामा वृद्धि भएको छ । गत मे महिना देखि पहिलो पटक मृत्यु हुनेको संख्या सर्वाधिक २,१४६ पुगेको थियो भने ६ महिना पछि मृत्यु हुनेको संख्या ,२,२९२ पुगेको छ ।
कोभिड-१९ बाट संक्रमित भै अस्पताल भर्ना हुनेको संख्या ९० हजार पुगेको छ भने ३९ वटा राज्यहरुमा संक्रमणको संख्या अत्यधिक वृद्धि भएको छ । बिगत हप्ताको औसतमा दैनिक रुपमा १,७६,३६३ जना संक्रमित भएका छन् भने उक्त संक्रमितको संख्या दुई हप्ताको औसतमा ३८ प्रतिसतको वृद्धि हो ।
हाल सम्म कूल १३ करोड मानिसहरु संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४५ लाख ९ हजार १ सय ७४ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ६६ हजार ९ सय १८ पुगेको छ ।
श्रोत :न्यूयोर्क टाइम्स /जोन्स हप्किन्स बिश्वबिद्यालय
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया