राष्ट्रपति ट्रम्पले एफबीआईसंग झूट बोलेको आरोपित व्यक्ति फ़्लेनलाई किन आम माफी दिए ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआईसंग झूट बोलेको कारण पक्राउ परेका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ़्लेनलाई माफी दिएका छन । ट्रम्पको व्हाइट हाउसमा बसाई करिव ६० दिनको रहेको छ । ट्रम्पले जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रकृया सुरु गरि सकेका छन् भने आम माफी भनेको लगभग आफू बाहिरिनु संकेत हो ।अझ सम्म पनि चुनावमा हार स्वीकार गरेका छैनन ।
ट्रम्पले सामाजिक संजाल ट्वीट गर्दै उनलाई आम माफी दिएका हुन् । उनि केही हप्तामात्र सल्लाहकारमा काम गर्ने मौका पाएका थिए । सन् २०१६ को चुनावमा रूसी हस्तक्षेप सम्बन्धमा विशेष सल्लाहकार रोबर्ट म्यूलरले गरेको छानबिनका दौरान फ़्लेनले एफबीआईलाई गलत बयान दिएको कारण दोषी ठहरिएका थिए ।
ट्रम्पले फ़्लेनलाई आममाफी दिने कुरा व्हाइट हाउसमा चलेको र संचार माध्यमले अनुमान गरेका थिए । “जनरल माइकल टी फ़्लेनलाई पूर्ण माफी प्रदान गरिएको छ भनेर घोषणा गर्नु मेरो ठूलो सम्मान हो,” ट्रम्पले ट्वीटमा लेखे ।
ट्रम्पले उनलाई बधाईको साथै उनको अद्भुत परिवारलाई बधाई छ, मलाई थाहा छ अब तिमी साँच्चिकै राम्रो धन्यवाद दिवस हुने छ भनि लेखेका छन् ।
उनले २०१७ को अन्तमा पूर्व रुसी राजदूत सेर्गेइ किसल्याकसँगको सम्पर्कको बारेमा एफबीआईलाई झूट बोलेको कारण दोषी प्रमाणित भएका थिए । यस वर्षको शुरुमा आफ्नो याचिका फिर्ता लिने प्रयास गरे र उनलाई अनुसन्धान गर्ने एजेन्टहरू बिरूद्ध दुराचार गरेको आरोप लगाए।
ह्वाइट हाउसका प्रेस सचिव केली म्याक्नीले फलेनलाई एक विज्ञप्तिमा तीन पटक “निर्दोष मानिस” भनेर सम्बोधन गर्दै उनीमाथि मुद्दा चलाउनु हुँदैन भनिन ।
तर उनले फ़्लेनलाई दुई पटक अभियोग लागेको र डिसेम्बर १ को बयान भने उल्लेख गरिनन । फ़्लेनले अपराध स्वीकार्दै “ईश्वरमाथिको विश्वासको कारणले, मैले सबै कुरा ठीक गर्ने काम गरिरहेको छु” र उनले “मेरो कार्यहरूका लागि पूर्ण जिम्मेवारी स्वीकार गरिरहेको छु” भनेका थिए ।
जुनसुकै राष्ट्रपतिले पनि राष्ट्रपतिपदमा रहँदा आफू र आफ्ना परिवारलाई आम माफी दिन सक्ने कानुनी अधिकार दिइएको छ । पहिलेका राष्ट्रपतिले पनि अन्तिम दिन सम्म यो अधिकार प्रयोग गरिसकेका छन् ।
बिल क्लिन्टनले आफ्नो भाई रोजर क्लिन्टनलाई लागेको लागु पदार्थ मुद्दामा माफी दिएका थिए । त्यसैगरी जर्ज एच डब्लु बुसले आफुलाई अपराधी मुद्दाबाट सफाई दिएका थिए ।
ट्रम्पले पनि यही शक्ति प्रयोग गरी आफू र आफ्ना परिवारका विरुद्ध अहिलेसम्म भएका सम्पुर्ण संघीय अपराधका मुद्दा झेल्नु नपर्ने गरी आफुले आफु र आफ्ना परिवारलाई माफ गर्दै २०२१ जनवरी २० बाट उनी बिदाई हुनेछन् भन्ने आम अमेरिकनले अपेक्षा गरेका छन् ।
श्रोत : एपी/एबिसी न्यूज
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया