शनिबार, माघ ३ २०७७
काठमाडौं ०२:१९
वासिङटन डिसी 15:34

बेलायतमा अंग्रेजी संस्कारमा हुर्किए पनि नयाँ पुस्तालाई नेपाली संगीत तर्फ आर्कषित गराउँदै सुन्दरी दिप्ता

इनेप्लिज २०७७ मंसिर १० गते २३:४३ मा प्रकाशित

काठमाडौँ । बेलायतमा हुर्के बढेकी भएता पनि दिप्ता थापालाई नेपाली गीत संगीत र साहित्यको चिन्ता छ।५ वर्षकै उमेरमा बेलायत पुगेकी दिप्ता आफ्नो मातृभाषा सँधै बचाइराख्नु पर्छ भन्ने पक्षमा सछन्।बेलायतमा जन्मिएका नयाँ पुस्तालाई नेपाली गीत र संगीतमा प्रवेश गराउन दिप्ता थापा अग्रसर भएकी छिन।

अंग्रेजी संस्कारमा हुर्किएकी १८ वर्षीय दिप्ताले नयाँ पुस्तालाई मातृ भाषाका गीत,गायन र संगीत तर्फ आकर्षित गर्ने अपेक्षाबिच दिप्ताको स्वरमा रहेको म्यूजिक भिडियो “यो जिन्दगी”को संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदुत डा।दुर्गावहादुर सुवेदीले सार्वजनिक गरे लगत्तैबाट चर्चा सुरु भएको छ।दिप्ता थापाको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत, सन्जित देउजाको शब्द सिर्जना रहेको छ।

दिप्ताकै अभिनय रहेको भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता र मेकअप दिपिका श्रेष्ठको रहेको छ।भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन्।निर्देशक श्रेष्ठले ३ दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया