शुक्रबार, साउन १५ २०७८
काठमाडौं १७:१०
वासिङटन डिसी 07:25

बिश्व प्रसिद्ध भकुन्डो खेलाडी डिएगो म्याराडोनाको ६० बर्षको उमेरमा निधन

इनेप्लिज २०७७ मंसिर १० गते १७:३३ मा प्रकाशित

बिश्व प्रसिद्ध भकुन्डो खेलाडी डिएगो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । यस महिना मष्तिष्कको शल्यक्रिया गरेकोले अर्जेन्टिनाको ब्युनस आयर्समा उन्को हृदयघातबाट निधन भएको उनका वकिलले वताएका छन।

म्याराडोनालाई भकुण्डो खेलको इतिहासमा सबैभन्दा उत्कृष्ट खेलाडीहरुमध्ये एक मानिन्छ । उनकै कप्तानीमा उनको देश अर्जेण्टिनाले सन् १९८६ को विश्व कप फूटबल प्रतियोगीता जितेका थिए। होचो कदका उचो खेलाडी म्याराडोनाले उनले विश्वकपमा बेलायत विरुद्ध हातले गरेको गोललाई ऐतिहासिक मानिन्छ । उनले उक्त गोललाई भगवानको हातले गरेको गोल भनेका थिए ।

म्याराडोनाले सन् १९९० को विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए । सन् १९९१ मा लागू औषध सेवन पत्ता लागेपछि म्याराडोना विवादमा आएका थिए ३७ वर्ष उमेरसम्म म्याराडोनाले फुटबलको व्यवसायिक खेल खेलिरहे । उनी अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षक समेत भए ।

 

प्रतिक्रिया