अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ७२ हजार, मृत्यु हुनेको संख्या २१४६
इनेप्लिज
२०७७ मंसिर १० गते ११:३३ मा प्रकाशित
अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७२ हजार ९ सय ३५ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार एकैदिनमा २ हजार १ सय ४६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।
गत मंगलबार नोभेम्बर २४ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार १५ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नया संक्रमितको संख्यामा वृद्धि भएको छ । गत मे महिना देखि पहिलो पटक मृत्यु हुनेको संख्या २,१४६ पुगेको हो । कोभिड-१९ बाट संक्रमित भै अस्पताल भर्ना हुनेको संख्या ८८ हजार पुगेको छ।
हाल सम्म कूल १२ करोड ७ लाख ७३ हजार ४९ जना संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४४ लाख ५५ हजार ३ सय ४६ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ६४ हजार ६ सय८९ पुगेको छ ।
श्रोत :सिएनएन /जोन्स हप्किन्स बिश्वबिद्यालय
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
मेरिल्याण्ड एनइसिसी-पशुपति बुद्ध मन्दिर द्वारा माघे संघ्रान्ति तथा माघीको हार्दिक मंगलमय शुभकामना
ट्रम्पलाई लगाईएको दोश्रो महाअभियोग अव सिनेटमा जो बाइडेनको सपथ पछि कारवाही हुने
प्रतिक्रिया