बिश्वका १०० जनामा परिन बेबारिसे लास जलाउने सपना ||

इनेप्लिज २०७७ मंसिर १० गते ८:४४ मा प्रकाशित

सात महिनाअघि काठमाडौं छिर्दा सपना रोकालाई न बेवारिसे शव बारे थाहा थियो, न बेवारिसे शव कहाँ व्यवस्थापन गरिन्छ भन्ने नै हेक्का थियो ।

बाटो अल्मलिएकी सपनाको जब समाज सेवी दीपकजंग बस्नेतसँग भेट भयो, उनको बाटो मोडियो।कुनै समय आफैं बेवारिसे भएर हिँडेकी १९ वर्षीया सपनाले आज नयाँ बाटो फेला पारिन् – बेवारिसे शवलाई पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने।

बेवारिसे शवलाई दाहसंस्कार गर्दा गर्दै आफ्नो जीवनको मूल्य र खुशी पनि सपनाले त्यहीँ भेटिन् ।बेवारिसे हरेक शव उनलाई आफन्तकै जस्ता लाग्न थाले।अझ कतिपय त आफ्नै जस्ता।कति शवहरुलाई उनले आँशु पुछ्दै दागबत्ती दिइन्।

प्रतिक्रिया