काठ्माण्डौ कोरोनाको उच्च जोखिममा, के फेरी लकडाउन हुन्छ ? हेर्नुहोस मंसिर १० गतेका मुख्य समाचारहरु

इनेप्लिज २०७७ मंसिर १० गते ८:३९ मा प्रकाशित

कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको छ । उपत्यका नगरपालिका फोरमले माग गरेजस्तो निषेधाज्ञा भने नलगाइने भएको छ।

सीसीएमसी निर्देशक समितिको मंगलबार बसेको बैठकमा संक्रमणको पछिल्ल्लो अवस्थाबारे छलफल भएको थियो । सीसीएमसीका सचिव महेन्द्र गुरागाईंका अनुसार कतिपय जिल्लामा संक्रमण न्यून भएपनि उपत्यकामा उच्च जोखिम रहेको विश्लेषण छ ।

तर मेयर फोरमले माग गरेजस्तो उपत्यकाभर निषेधाज्ञा भने नलगाइने उनले प्रष्ट पारे । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकाअनुसार परीक्षणको दायरा भने बढ्नेछ । दसैंतिहार लगायतका चाडपर्वका कारण पनि परीक्षणको दायरा कम भएकाले संक्रमितको संख्या कम देखिएको हुनसक्ने उनले बताए । हेर्नुहोस मंसिर १० गतेका मुख्य समाचारहरु :

प्रतिक्रिया