वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने–मन्त्री श्रेष्ठ

इनेप्लिज २०७७ मंसिर ९ गते २२:५३ मा प्रकाशित

विराटनगर,९ मङ्सिर।सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने बताउनु भएको छ।

विराटनगरमा आजसाँझ सञ्चारकर्मीसंग कुुरागर्दै उहाँले नेपाली जनताले पाँचवर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो सरकार पूरा अवधि सञ्चालन हुने छ भन्नु भयो।

मन्त्री श्रेष्ठले मुुलुुकको राजनीति स्थायीत्व, विकास र सम्वृद्धिका लागी जनताले पार्टीलाई दुुई तिहाई नजिकको जनादेश दिएको बताउदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार पुुर्ण अवधिसम्म चल्ने वताउँनुुभयो।

उहाँले यो सरकार नेपाली जनताको माया र शक्तिवाट वनेकाले कोही कसैले गिराउन नसक्ने दावी गर्दै पुुरा अवधि सरकार सञ्चालन भएर इतिहास निर्माण गर्ने छ भन्नु भयो।

पार्टीको विवाद सम्वन्धि प्रश्नको जवाफमा मन्त्री श्रेष्ठले नेपाल कम्युुनिष्ट पार्टी(नेकपा) समुन्द्र हो र त्यसमा कहिले काँही छाल आउँछ र सामान्य हुन्छ ,त्यो त्यस्तै हो भन्नु भयो।

नेकपा पार्टी एउटा ठुुलो घर जस्तो हो र ठुुलो घरको ठुुलै चाला हुुन्छ भन्दै उहाले झिनामसिना विवाद पार्टीमा देखा परेको छ यो विवाद केहि दिन भित्रै समाधान हुुने उहाँले विश्वास व्यक्त गर्नुुभयो।

मन्त्री श्रेष्ठले नेकपा ठुुलो पार्टी भएकाले पार्टी भित्र केहि असहमती हुुनुु स्वाभाविक हो भन्दै वर्तमान अवस्थामा देखिएका विवादलाई अहिलेका कुसल नेतृत्वकर्ताहरुले सहजरुपमा व्यवस्थापन गर्न सक्षम हुनुहुन्छ भन्नु भयो।

मन्त्री श्रेष्ठले सिंहदरबारको कर्सीमा वसेर मन्त्रलय अन्तर्गतको योजना, परियोजना थाहा नहुने भएकाले स्थलगत रुपमा भ्रमणमा आएको बताउदै राष्ट्रसेवक कर्मचारीहरुले मेहनतका साथ कार्य गरको र प्राविधिक कर्मचारीहरुको कमी रहेको अनुभव आफुले प्राप्त गरेको जानकारी दिनु भयो।

प्रतिक्रिया