अबैध रुपमा चितुवाको छाला कारोबार गर्ने चार जना समातिए एकजना मुख्य दोषी मिलोमतोमा छोडिए

इनेप्लिज २०७७ मंसिर ९ गते १५:२३ मा प्रकाशित


बुटवल । अबैध रुपमा चितुवाको छाला कारोबार गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर पनि एक जनालाई मिलोमतोमा छोडेको छ ।
रुपन्देही बुटवल उपमहानगरपालिका ७ बस्ने ३० बर्षीय बिश्व भटराई , गुल्मी दरबार गाउपालिका बडा ४ का २२ बर्षिय बिमल मगर , २४ बषीैय संजीब पेमी र १८ बर्षीय बिशाल राना मगरलाई प्रहरीले पक्राउ गरी थुनामा पठाएको छ भने सोही धन्दा गर्ने त्यसमा पनि आफ्नै गाडी प्रयोग गर्ने किरण टण्डनलाई छोडको छ ।

लु १ ज ३२९७ का गाडी चालक किरण टण्डनले पहिले देखि नै अबैध धन्दा गर्र्दे आएको प्रहरीको रेकर्डमा भएपनि यस पटक चितुवाको छाला बोकेर हिडेको अबस्थामै फेला पार्दा पनि प्रहरीले छोडनुमा आर्थिक चलखेल समेत भएको अन्य प्रक्राउ पर्नेहरुको आरोप छ ।

गत फागुन ९ गते आखा नदेख्नेगरी अचाक्ली मादक पदार्थ सेवन गरी घर फकिैने क्रममा सडकको ढीकबाट लडेर मृत्यु भएका मोहन चुडालीका साला नाता पर्ने टण्डनले प्रहरीलाई भिनाजुलाई मारिदिए त्यसैले दिदीलाई यस्तै गरेर गाडी चलाएर पालेको छु भनी भ्रम बाड्न पनि भ्याएको बुझिएको छ ।
प्रहरीको पनि मिलोमतो हुनु र रक्सीले मात्तिएर अडिन नसकी सडकको ढीकबाट खसेर मृत्यु भएका चुडालीको लाश माथि उनको परिबारले राजनीति मात्र गरेको छैन अन्य खाने भाडो बनाउन बिष्णुप्रसाद कण्डेललाई दोष थुपार्न सकिन्छ भनेर अनेक ढंगले लागेका चुडाली परिबार र उनका नातेदबार समेत पहिले देखि नै यस्तै अबैध धन्दामा लाग्ने गरेको बताइएको छ ।

टण्डनले मेरो भेनालाई मारिदिए दिदीलाई यस्तै गरेर पालेको छु भन्न समेत भ्याएको तर राजनीतिक चलखेल र मिलेमतोमा उनलाई छोडिनुलाई गंभीर रुपमा लिइएको छ । स्वयं एक जना प्रहरी अधिकृत पनि मुख्य दोषी छुटन नहुने भन्छन तर माथिबाट निर्णय भएपछि आफुहरुले केही भन्न मिलेन भन्छन ।
किरण टण्डन सहित ५ जनाकै मिलोमतोमा ल्याइएको दुर्लब संरक्षण बन्य जन्तु चितुवाको छाला ६ फिट लम्वाई १ फिट ३ इञ्च चौडाई भएको एक थान प्रहरीले बुटवलबाट समातेको थियो ।
अहिले कानुन बिपरित चितुवाको छाला कारोबारमा प्रन्त्यक्ष संलग्न हुंदा पनि अन्य चार जनालाई समाउने तर टण्डनलाई किन छोडिएको होला भन्ने प्रश्न बन कार्यालयका कर्मचारीहरुले गरेका छन ।

प्रतिक्रिया