बाइडेन टोलीले सत्ता हस्तान्तरण प्रक्रियामा करिव ६३ लाख डलर बिबिधमा खर्चमा उपयोग गर्न पाउने
निर्वाचित जो बाइडेन टोलीले सत्ता हस्तान्तरण प्रक्रियामा करिव ६.३ मिलियन (अर्थात् ६३ लाख )डलर बिबिधमा खर्चमा उपयोग गर्न पाउने भएका छन् । उनले केही महिनाको लागि प्रयोग गर्नेछन् ।
गत नोभेम्बर २३ सोमबारका दिन सामान्य सेवा प्रशासनकि इमिली मर्फीलाई जो वाइडेन टोलीलाई औपचारिक सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न तयार रहेको जानकारी गराएकी थिइन । आज देखि प्रक्रिया सुरु हुने छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सत्ता हस्तान्तरण प्रक्रिया अघि बढ्न र थालनी गरिएको भनि सामाजिक संजाल ट्वीट गरेका छन् ।
अहिले उपलब्ध स्रोतहरू बाइडेन र जीएसए बीचको “समझदारी ज्ञापन” मा गणना गरिएको छ । यस कोषले मुख्यतया कार्यालयको ठाउँ भाडामा लिने ,संक्रमण टोलीका लागि काम गर्ने कर्मचारीलाई भुक्तान गर्ने र विशेषज्ञ वा परामर्शदातालाई क्षतिपूर्ति दिने मेमो(ज्ञापन )मा जनाइएकोछ।
साथै उक्त यो पैसा यात्रा खर्च, सवारी साधन भाडा ,सूचना प्रविधि (आईटी) सेवा र अन्य प्रशासनिक लागतहरूको लागि पनि भुक्तान गर्न प्रयोग गर्न सकिन्छ भनि उल्लेख गरिएको छ ।
साथै बाइडेनको संक्रमण टोलीले अब करीव १ लाख २८ हजार वर्गफिटको घर भाडामा समेत लिन सक्ने छन ।
श्रोत :सिएनएन
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया