बुधबार, माघ ७ २०७७
काठमाडौं १२:००
वासिङटन डिसी 01:15

अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ६९ हजार, निको हुनेको संख्या ४३ लाख

इनेप्लिज २०७७ मंसिर ९ गते ११:२७ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६९ हजार १ सय ९० पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार एकैदिनमा ८ सय ८९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

गत सोमबार नोभेम्बर २३ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार १४ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नया संक्रमितको संख्यामा वृद्धि भएको छ ।

हाल सम्म कूल १२ करोड५ लाख९३ हजार जना संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४३ लाख ९४ हजार ६ सय ६५ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ६२ हजार ५ सय ४५ पुगेको छ ।

श्रोत :सिएनएन /जोन्स हप्किन्स बिश्वबिद्यालय

प्रतिक्रिया