कसको चक्रव्युह र घेराबन्दीमा राजा ज्ञानेन्द्र शाह परिवार ?

इनेप्लिज २०७७ मंसिर ९ गते १०:३३ मा प्रकाशित

नारायहिटी राजदरबार भित्रको चक्रव्युह र घेराबन्दी भित्र नै राजा बिरेन्द्र शाह वंश सहित अन्य सदस्यहरुको हत्याकाण्ड भएको हो । नारायणहिटी राजदरबार भित्र स्व. युवराज दिपेन्द्र शाह र पारस शाहलाई नशालु पदार्थ कहाँ बाट उपलब्ध हुन्थ्यो यो प्रमुख कुरा हो । यसकारण नारायहिटी राजदरबारको चक्रव्युह र घेराबन्दी भित्र रहेको अदृश्य शक्तिहरु बाट नै दिपेन्द्र शाह र पारस शाहलाई बिगार्ने काम भयो, बिरेन्द्र शाह वंश हत्याकाण्ड र श्री ५ ज्ञानेन्द्र शाहलाई सत्ता बाट हटाउने खेल भयो भन्ने कुराहरू स्पष्ट हुन जान्छ ।

२०७७ साल असोज २१ गते बुधबारको पत्रीकामा किशोरी महतोले राजावादीले अभिभावक भेटने ढोका कहाँ छ भन्ने विषयमा किशोरी महतोको लेख प्रकाशित भएको थियोे । किशोरी महतो जी को लेखले एउटा कुरा के प्रष्ट पार्छ भने हालमा पनि निर्मल निवासमा राजा ज्ञानेन्द्र शाह परिवार चक्रव्युह र घेराबन्दी भित्र हुनु हुन्छ भन्ने कुरा स्पष्ट छ । तर राजा ज्ञानेन्द्र शाह परिवार कसको चक्रव्युह र घेराबन्दीमा हुनु हुन्छ भन्ने कुरा प्रमुख हो । यसकारण Intelligence Bureau अर्थात गुप्तचरहरु बाट पत्ता लगाउनुपर्ने हुन्छ हाम्रो मुलुककाहरुले नसक्ने भए अन्तर्राष्ट्रिय मुलुकबाट Intelligence Bureau र गुप्तचरहरु मगाएर पनि अनुसन्धान हुन आवश्यक छ ।

आजको युग २१ औं शताब्दीको युग हो । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्र्म्प, जो बिडेन, भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र चीनको राष्ट्रपति सी जीनपिंगलाई सजिलोसँग भेट गर्न सकिन्छ अन्तर्राष्ट्रिय मुलुकका यस्ता राम्रा राम्रा उदाहरण र नजीरहरु थुप्रै छन । राजा ज्ञानेन्द्र शाह, कोमल शाह, पारस शाह र हिमानी शाहलाई भेट गर्न खोज्नेहरुले भेट नपाउनुको कारण के ? के राजा ज्ञानेन्द्र शाह परिवारलाई राजावादीहरुको आवश्यकता खाँचो छैन र ?

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

प्रतिक्रिया