ट्रम्पद्वारा निर्वाचनमा पराजित भएको अप्रत्यक्ष रुपमा स्वीकार,बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया अघि बढ्यो
राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा आफू पराजित भएको अप्रत्यक्ष अर्थात् घुमाएर स्वीकार गरेका छन् । उनले सत्ता हस्तान्तरण प्रक्रिया अघि बढ्न र थालनी गरिएको भनि सामाजिक संजाल ट्वीट गरेका छन् ।
ट्रम्पले ट्वीटमा सामान्य सेवा प्रशासनकि इमिली मर्फीलाई उनले राष्ट्रमा गरेको दृढ समर्पण र बफादारीको लागि धन्यबाद दिएका छन । अमेरिकाको सामान्य सेवा प्रशासन (द जनरल सर्भिस एड्मिनिष्ट्रेशन) ले राष्ट्रपति पदमा विजयी जो वाइडेनलाई ट्रम्प प्रशासन औपचारिक सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न तयार रहेको जानकारी गराएको छ ।
सामान्य सेवा प्रशासनका प्रशासक एमिली मर्फीले सोमबार दिउँसो पठाएको यस सम्वन्धी पत्र सीएनएनले प्राप्त गरेर सार्वजनिक गरेको हो । राष्ट्रपतीय निर्वाचनमा वाइडेन विजयी भएको दुई हप्ता भन्दा बढी समय पछि राष्ट्रपतिले डोनाल्ड ट्रम्पको पराजयलाई प्रशासनले स्वीकार गर्दै यो कदम उठाएको पहिलो कदम हो।
विजेता वाइडेनलाई पठाइएको पत्रमा स्पष्ट संकेत गरिएको छ कि कि मर्फीले औपचारिक रूपमा वाइडेनको जीत सम्वन्धी दस्तावेजमा हस्ताक्षर गर्ने छिन्, जसलाई शासकीय भाषामा निश्चितता भनिन्छ।
यस कदमले संक्रमणलाई आधिकारिक रूपमा सुरू गर्न अनुमति दिनेछ । र वर्तमान प्रशासनका अधिकारीहरूलाई आउने वाइडेन टोलीसँग समन्वय गर्न र संक्रमणकालिन समयमाका लागि आर्थिक सहयोग प्रदान गर्ने अनुमति दिनेछ।
श्रोत :सिएनएन
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया