बुधबार, माघ ७ २०७७
काठमाडौं १३:३५
वासिङटन डिसी 02:50

अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ४२ हजार,९२१ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर ८ गते ११:३१ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ४२ हजार ७ सय ३२ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार एकैदिनमा ९ सय २१ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

गत आइतबार नोभेम्बर २२ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार १३ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नया संक्रमितको संख्यामा वृद्धि भएको छ ।

हाल सम्म कूल १२ करोड ४ लाख १५ हजार जना संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४३ लाख ५५ हजार ९ सय ७ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ६१ हजार ६ सय ८८ पुगेको छ ।

श्रोत :सिएनएन /जोन्स हप्किन्स बिश्वबिद्यालय

प्रतिक्रिया