बुधबार, माघ ७ २०७७
काठमाडौं १३:३३
वासिङटन डिसी 02:48

अनेसासको पुरस्कार स्थापना गर्नु हुने साहित्यकार लक्ष्मण सत्यालको निधन

इनेप्लिज २०७७ मंसिर ८ गते १०:३६ मा प्रकाशित

वाशिंगटन डिसी। विद्वान साहित्यकार लक्ष्मण सत्यालको आइतबार बिहान काठमाण्डौ नयॉ वानेश्वर स्थित उहॉकै निवासमा शान्तिपूर्वक निधन भएको छ।

स्व श्री सत्याल वाशिंगटन डिसी निवासी साहित्यकार कल्पना सुवेदीका बुबा र अनेसासका पूर्वअध्यक्ष एवं वर्तमान बिओटी कमिटीका उपाध्यक्ष साहित्यकार पुरु सुवेदीका ससुरा बुबा हुनुहुन्छ।यस्तै अनेसासका संस्थापक मुर्धन्य साहित्यकार श्री होमनाथ सुवेदीका हितैसी मित्र र नाताले सम्धी हुनुहुन्छ ।

स्व श्री सत्यालको जन्म काभ्रे मन्थलीमा श्रीपञ्चमीका दिन विसं १९९१ मा पिता टेकनारायण र माता नेत्र कुमारी सत्यालको सुपुत्रको रुपमा भएको हो ।

श्री सत्यालले पुरानो शिक्षामा भारत र नेपालमा गरी एम ए, बि. एड. सम्मको शिक्षा हासिल गर्नुभएको थियो । लामो समय शिक्षण पेशामा रही प्रधानाध्यपकको रुपमा सेवा प्रदान गर्नु भएको थियो ।

धेरै पत्रपत्रिकाहरुमा बौद्धिक, सॉस्कृतिक र साहित्यपरक फुटकर रचना गर्नु भएका विद्वान स्व.सत्यालका प्रकासित कृतिहरुमा सागरपारीको पुकार खण्डकाव्य रहेको छ ।

उहाँ केही समय अमेरिका, भर्जिनियाको साउथ राइडिंगमा बसोबास गर्नुभयो र पुनः फर्केर नेपालमै नयाँ बानेश्वर स्थित आफ्नै निवासमा बस्दै आउनु भएको थियो।

श्री लक्ष्मण सत्याल तथा उहॉकी धर्मपत्नी श्रीमती उषा सत्यालले सन २००८ साल अगस्ट ७ कादिन अनेसासमा ३ हजार डलरको खाता खोली अनेसास बागमती अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार स्थापना गर्नु भएको थियो।

उहाँका परिवारमा श्रीमती उषा सत्याल र छोराछोरीहरु कल्पना सुवेदी, किरण सत्याल र रमेश सत्याल हुनु हुन्छ भने नाति नातिनाहरु पुकार सुवेदी, सागर सुवेदी,कविता सुवेदी,कृति सत्याल र रायन सत्याल हुनुहुन्छ।

सन २०१९ को अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारमा ५०० डलर राशीको अनेसास लक्ष्मणसत्याल सर्वोत्कृष्ट संस्कृति अनुसन्धान पुरस्कार “मस्टो संस्कृति” नामक सांस्कृतिकअनुसन्धानपरक कृतिका लागि संस्कृतिविद् तेजबहादुर कार्कीलाई प्रादन गरिएको थियो । योपुरस्कार पुरु सुबेदी र कल्पना सुबेदीले श्री लक्ष्मण सत्यालको सम्मानमा सौजन्य गर्नुभएकोथियो।

स्व. सत्यालको आत्माको चीर शान्तिको कामना गर्दै साहित्यकारद्वय श्री पुरु सुवेदी-श्रीमतीकल्पना सुवेदी एवं समस्त सत्याल परिवारमा हार्दिक सहानुभूति र समवेदना ब्यक्त गर्दछौं ।

प्रतिक्रिया