निर्वाचित राष्ट्रपति बाइडेनले आगामी मंगलबार प्रथम मन्त्रीमण्डलको घोषणा गर्ने
डेमोक्रयाटिक दलका निर्वाचित राष्ट्रपति जो बाइडेनले आगामी मंगलबार प्रथम मन्त्रीमण्डलको घोषणा गर्ने भएका छन । निर्वाचित भए पछि व्हाइट हाउसको लागि केही कर्मचारीहरुको नियुक्ति संगै आगामी नोभेम्बर २४ का दिन मन्त्रिमण्डलको घोषणा गर्ने जानकारी उनकै मुख्य संक्रमण टोलीका सदस्यहरुले बताएका हुन् ।
आइतबार उनीहरुले उक्त जानकारी दिएता पनि यता राष्ट्रपति डोनाल्ड ट्रम्प सहज रुपमा सत्ता हस्तान्तरण गर्ने पक्षमा नभई अझ पनि चुनाव हारेको अस्विकार गरि रहेका छन् ।
उनलाई बिगत केही महिना अगाडी देखि नै तपाई चुनाव हार्नु भयो भने सहज सत्ता हस्तान्तरण गर्नु हुन्छ कि हुदैन भनि सोधिएका थुप्रै प्रश्नमा सहज हस्तान्तरण गर्ने कुरामा कहिले राम्रो उत्तर दिएका थिएनन ।
निर्वाचित राष्ट्रपति बाइडेन र निर्वाचित उप राष्ट्रपति कमला ह्यारिस नियमित रुपमा आफ्ना कार्यक्रमहरु लिएर प्रस्तुत भै रहेका छन् । यति बेला सम्म व्हाइट हाउसले बाइडेनलाई गुप्तचर बिभाग तथा अन्य बिभागले कुनै पनि सम्पर्क गरि हुनेवाला राष्ट्रपतिलाई विशेष जानकारी दिदै गर्नु पर्नेमा ट्रम्पले त्यसो गर्न नदिएको अवस्था छ ।
श्रोत :सिएनएन/एबिसी न्यूज
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया