शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०७:४१
वासिङटन डिसी 20:56

एचडिएनपी अन्तर्राष्ट्रियद्वारा धन्यबाद दिवसमा घरबार बिहिनलाई खाना वितरण

विजय थापा २०७७ मंसिर ७ गते २१:२१ मा प्रकाशित

अमेरिका, नोभेम्बर २२ । अमेरिकाको टेक्सस राज्यमा नेपालीद्वारा संचालित ‘हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल’ एचडिएनपी अन्तर्राष्ट्रियले धन्यबाद दिवसको अवसरमा घरबार बिहिनहरुलाई भोजन वितरण गरेको छ ।

अमेरिकामा आगामी नोभेम्बर २६ का दिन थ्याङ्क्स गिभिङ्ग डे अर्थात् धन्यबाद दिवस परेको छ । यसै अवसरमा स्थापना काल देखि नै खाना खुवाउदै आएको एचडिएनपीले यस पटक महामारीको कारण सामाजिक दूरी र मुखावरण(मास्क) र सिडिसीको मार्गनिर्देशनलाई पालना गर्दै कार्यक्रम सम्पन्न गरेको छ ।

त्रैमासिक रुपमा भोजन गराई रहेको गैर मुनाफा संस्था एचडिएनपी अन्तर्राष्ट्रियले अग्रिम रुपमा आफ्नो पूर्व निर्धारित कार्यक्रम सफलतापूर्वक समापन गरेको छ । टेक्सस राज्यको ड्यालस शहर स्थित फेयर पार्क(उद्यान)नजिक बिहान १० बजे कार्यक्रमको आयोजना गरि २१५ जनालाई खाना वितरण गरेको संस्थाका प्रमुख तथा संस्थापक अध्यक्ष देवी डेविड आचार्यले ईनेप्लिजलाई बताए ।

एचडिएनपी अन्तर्राष्ट्रियले ड्यालस फिलिपिनो लाइन्स क्लब (डिएफएलसि),अर्भिंग एवरेस्ट सेनटेनिएल लाइन्स क्लब र ड्यालस बंगलादेश लाइन्स क्लब,प्रोस्पेरिटी बैंकको साझेदारीमा उक्त कार्यक्रम सयुक्त रुपमा गरेको हो ।

भोजन वितरण र सवै सहयोगमा खुवाउनको लागि सहयोग गर्ने प्रायोजक ,स्वयम सेवक तथा कर्मचारीहरुमा विशेष धन्यबाद संस्थापक आचार्यले दिएका छन् ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडिएनपी इन्टरनेसनल ) अमेरिकी सरकारमा दर्ता भै मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

संस्थाले टेक्ससको ड्यालस क्षेत्रमा बसोबास गर्दै आएका घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई खाना खुवाउदै आई रहेको छ ।

उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविकोपार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ भने एचडिएनपी इन्टरनेसनलले हरेक ३ महिनामा रक्तदान पनि संचालन गर्दै आएको छ ।

प्रतिक्रिया