अवैतनिक महावाणिज्यदूत ऋषि ढकाललाइ अर्को ४ बर्ष पदभार थप

इनेप्लिज २०७७ मंसिर ७ गते १९:२९ मा प्रकाशित

कृष्ण के सी, अमेरिका

नेपाल सरकारले अवैतनिक महावाणिज्यदूत ऋषि ढकाललाइ अर्को ४ बर्षको लागि पदभार थप गरेको छ। महावाणिज्यदूत ढकाल क्यालिफोर्नियाको दक्षिण भेग ग्रेटर लस एन्जलस शहरमा बस्दै आउनु भएको छ।

नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयले महावाणिज्यदूत ढकालको पदावधि आगामी ४ वर्षको लागि थप गर्ने निर्णय यस पहिला नै गरेको थियो। २०१३ देखि वाणिज्य दूत हुँदै २०१५ मा महावाणिज्यदूत बढुवा हुनुभएको हो।

महावाणिज्यदूत ढकाल सफल ब्यबसायी मात्र नभएर नेपाली समुदायको लागि थुप्रै पक्षमा योगदान गर्ने सम्मानित व्यक्ति हुनुहुन्छ। कोरोनाको संक्रमणकालमा उहाँको योगदान सह्रानीय रहन गयो। यस बाहेक नेपाली समुदायलाइ सपोर्ट गर्न, नेपाली कला संस्कृति, भाषा, पर्यटन र नेपाली उत्पादनको ब्यापार प्रबर्धनमा पनि उहाँको योगदान सह्रानीय छ।

यति मात्र होइन अमेरिकाको पश्चिम क्षेत्रमा नेपाली राहदानी वितरणको लागि दुइ-दुइ पटक सम्म सान फ्रान्सिस्को र लस एन्जलस शहरमा अस्थाई कन्सुलेट सेवा प्रदान गर्ने कार्यमा पनि उहाँले ठूलो योगदान गर्नु भएको थियो। महावाणिज्यदूत ढकालले आगामी दिनमा आफूले गर्दै गरेका कामको निरन्तरता दिने र थप नयाँ कामहरु गर्ने कुरा जानकारी दिनुभयो।

-हलीवुड खबर बाट

 

प्रतिक्रिया