फेरी पनि प्रतिगमन घुस्यो भन्ने अधिकार दलहरु लाई नहुन सक्छ

वीरेन्द्र रावल २०७७ मंसिर ७ गते १७:०१ मा प्रकाशित

वीरेन्द्र रावल

नेपालका राजनीतिक दलहरुलाई नत बहुमत फाप्ने नत बलियो पार्टी संगठन भएको फाप्ने रोगले विगत लामो समय देखि गाँजिरहेको छ। नेपालमा अहिले अस्तित्वमा रहेका जून सुकै राजनीतिक दल किन नहुन नफुटेका उदाहरण प्राय अपवाद बन्न सक्दछन्।

नेपाली जनताले आश भरोषा गरेका राजनीतिक दल र तीनका भात्रृ संगठनहरुको अवस्था हेर्ने हो भने निकै कहाली लाग्दो अवस्थामा रहेको छ। पार्टी भित्रको अन्तर संघर्षलाई छता छुल्ल हुनेगरी सडकमा पुगाउने कार्यले पनि जनता माझ राजनीतिक दलहरु प्रतिको विश्वास विस्तारै कम हुँदै जाने अवस्थामा परिणत हुँदै जान थालेको छ।

जनताको ठूलो त्याग अनि तपस्याबाट प्राप्त लोकतन्त्र र जनताको अधिकारलाई झनै संकटतर्फ धकेने र देशमा प्रतिगमन निम्त्याउने जस्ता कुकृत्यहरु कतै दलहरु बाटै हुनेत होईनन् भन्ने आशंका उत्पन्न भएको छ।

प्राप्त लोकतन्त्र र त्यसका उपलब्धीको रक्षा गर्ने तर्फ नत सत्ताशीन राजनीतिक दलहरुबाट भएको छनत प्रतपक्ष दलहरु बाट नै।नेपालको राजनीतिलाई चरम अस्थिरता तर्फ धकेल्ने कार्य कतै नेपालका राजनीतिक दलहरुको सत्ता उन्माद र सत्ता लिप्साको फोहोरी खेलले सृजना गरिरहेको त छैन भन्ने आशंका जनताले गर्ने बेला आईसकेको छ।

हुन त आफ्नै सरकार ढाल्ने कार्यपनि नेपालका राजनीतिक दलहरुले दल भित्रको पदलोलुपता कै कारण भएका उदाहरणहरु प्रशस्तै छन्।कृष्ण प्रसाद भटट्राई लाई सत्ताबाट गलहत्याउने कार्य नेपाली काँग्रेसका स्व.गिरीजाप्रसाद कोईरालाले पनि नगरेका होईनन्।

झलनाथ खनालको प्रधानमन्त्री पद होस् या माधव नेपालको पदनै किन नहोस् आफ्नै दलका नेताहरु बाट खोस्ने कार्य नभएका पनि होईनन्।यति बेला फेरी त्यहि कुराको पुनरावृत्ति पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र प्रचण्डले केपी ओलीको सरकारलाई सत्ताबाट बाहिर ल्याउने योजनाका साथ लागि परेको अवस्था देखिन्छ।

यीं सबै कारणहरुका पछाडी कित सत्ता लोलुपताले गाँजेको अवस्था हो या कित विदेशी शक्ति केन्द्रको आडमा नेपालका राजनीतिक दलहरु चलिरहेका छन् भन्ने कुरा आजको यक्ष प्रश्न र आम जिज्ञाँशाको बिषय पनि हो।

नेपाली जनताको लोकतन्त्र प्रतिको आस्था अनि विश्वासमा घात गर्ने र सत्ताको फोहोरी खेलमा रमाउन खोज्ने पुराना पुस्ताका लोलुप नेता तथा कार्यकर्ताहरुले पार्टीको साखमाथीनै आघात पुग्ने गरी पद लोलुपताको फोहोरी खेल जून खेलिरहेका छन् त्यो नितान्त लोकतन्त्रका लागि अभिषाप बनेर जाने निचितनै छ ।तसर्थ नेपालका ठूला दलहरुले पार्टी भित्रको आन्तरिक समस्याको समाधान आपसी छलफल बाट गर्ने देखि लिएर सत्ता सञ्चालनका सबै असहजतालाई सहमति रसहकार्यबाटै समाधान खोज्ने दिसामा अग्रसर हुनु नै आजको वैज्ञानिक समाधान हुन सक्दछ।होईन भने भाई फुटे ग्वाँर लुटेको अवस्था नेपाली राजनीतिमा हुने निश्चित छ।त्यति बेला नत प्रतिगमन भित्रियो भन्ने छुट छ नत देश आन्तरिक द्वन्द्वमा फँस्यो भन्ने अधिकार नेपालका राजनिितक दलहरुलाईनै हुने छ ।हरेक समस्याको समाधान वार्ता,सहमति र सहकार्यबाट मात्र सम्भव हुन्छ भन्ने राजनीतिक दलहरुका नेतृत्वमा किन नपलाएको होला भन्ने आम जिज्ञासा उत्पन्न भएको छ ।लोेकतन्त्र रहे मात्र दलहरु र दलको सरकार रहन्छ भन्ने कुराको ज्ञात नेपालका राजनीतिक दलहरुमा होस्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया