शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०२:०९
वासिङटन डिसी 15:24

भर्जिनियामा ३ बच्चा र १ महिलाको शव फेला ,हत्या र आत्महत्या हुने शंका

इनेप्लिज २०७७ मंसिर ७ गते १६:५२ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा तीन बालबालिकाको हत्या र एक महिलाले आत्महत्या गरेको हुन् सक्ने प्रहरीले बताएका छन् । भर्जिनियाको स्मिथ काउन्टी शरिफ कार्यालयले उक्त जानकारी गराएका हुन् ।

उक्त काउन्टीको म्यारियोन स्थित घरमा २७ बर्षिय महिला ,३ बर्ष र १० बर्षका बच्चाको शव प्रहरीले फेला पारेका छन । गत शुक्रबार नोभेम्बर २० का दिन ६:१५ मिनेटमा प्रहरीले उक्त घटना भएको बताएका छन् ।

प्रहरीका अनुसार ६ बर्षिय बच्चालाई जोन्सन सेन्टर अस्पतालमा गम्भीर अवस्थामा लागिएको भएता पनि उनको निधन भएको जनाएका छन ।

प्रहरीका अनुसार ८ बर्षिय बच्चा भाग्न सफल भएको प्रहरीले बताएका छन् भने उक्त महिलाले कसरी हत्या गरिन भन्ने बारेमा जानकारी गराएका छैन् ।

श्रोत : न्यूयोर्क पोस्ट

प्रतिक्रिया