अमेरिकन पेस्तोल सहित प्रतिबन्धित चन्द समूहका सेक्शन कमाण्डर पक्राउ

इनेप्लिज २०७७ मंसिर ७ गते १६:३९ मा प्रकाशित

विराटनगर,७ मङ्सिर।प्रहरीले मोरङको उर्लाबारी बाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ।

विशेष सुचनाका आधारमा ताप्लेजुङ फाक्ताङलुङ गाँउपालिका –२ बस्ने ३२ वर्षिय पेम्बा साङ्गे शेर्पांलाई शनिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले आज जनाएको छ।

शेर्पालाई उर्लाबारी वडा नं–६ रमाइलो टोलका एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरमा वसेको अवस्थामा पक्राउ गरेको हो।

निजको साथबाट अमेरिकन पेस्तोल,त्यसमा लगाउने म्याग्जिन,तीन थान गोली, तीन थान मोवाइल,आठ थान व्याग र १८ थान ज्याकेट लगायतका सामाग्री बरामद गरेको सूचना अधिकृत प्रहरी नायव उपरीक्षक मानवहादुर राईले बताउनु भयो।

निजलाई हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दामा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया