शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २०:२३
वासिङटन डिसी 09:38

जर्जियामा पुन:मत गणनाको लागि ट्रम्प अभियानको अनुरोध

इनेप्लिज २०७७ मंसिर ७ गते १४:४३ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यमा सम्पन्न राष्ट्रपतिको निर्वाचनको नतिजालाई पुन:मत गणना गरि पुन जो बाइडेन बिजयी भै प्रमाणपत्र समेत पाई सके पछि पुन दोश्रो पटक ट्रम्प अभियानले पुन मतगणना गर्न अनुरोध गरेको छ ।

गत शनिबार नोभेम्बर २१ का दिन उनिहरुले निवेदन गरेका हुन् । किनभने उक्त राज्यमा केवल ०.५ प्रतिसतको मात्र मतको फरक छ । रिपब्लिकन कै राज्य सचिव ब्राड राफेन्सपर्गरले एक विज्ञप्ति जारी गर्दै पुन: गणना पुरै (स्कान)पत्रबिम्बक यन्त्रबाट गरिने उल्लेख गरेका छन् ।

गत शुक्रबार नै निर्वाचित राष्ट्रपति जो बाइडेनले १२,६७० मतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका छन । जर्जिया रिपब्लिकनको अड्डा र रज्य हो भने जह्न्दै ३ दशक पछि डेमोक्रेटिकका बाइडेनले बाजी मारेका हुन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया