शनिबार, मंसिर २० २०७७
काठमाडौं १६:४१
वासिङटन डिसी 05:56

अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ७७ हजार,१,४४८ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर ७ गते ११:५९ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७७ हजार ५ सय ५२ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार एकैदिनमा १ हजार ४ सय ४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

गत शनिबार नोभेम्बर २१ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार १२ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नया संक्रमितको संख्यामा वृद्धि भएको छ ।

हाल सम्म कूल १२ करोड २ लाख ७१ हजार जना संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४३ लाख २० हजार ९ सय ६६ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ६० हजार ६ सय ५८ पुगेको छ ।

श्रोत :सिएनएन /जोन्स हप्किन्स बिश्वबिद्यालय

प्रतिक्रिया