बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १७:२६
वासिङटन डिसी 06:41

गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७७ मंसिर ७ गते ०:५३ मा प्रकाशित

गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ। रमाइलो डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ।यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ।निकेश खड्काको निर्देशनमा यो भिडियो तयार पारिएको हो। Nepsisters (‘नेपसिस्टर्स’)को अफिसिएल युट्युव च्यानल मार्फत आजै (नेपाली समय ५ बजे ) यो भिडियो सार्वजनिक गरिएको ह।

तुंग नेपालले विगत लामो समयदेखि नेपाली भाषा , साहित्य र संगीतको जगेर्ना गर्दै विदेशमा रहेको आजको नयाँ पुस्तालाई नेपाली कला संस्कृतिको बारेमा प्रशिक्षण प्रदान गर्दै आएका छन्। अब उनि निरन्तर यस्ता नयाँ नयाँ कोशेली
लिएर आउँदै छन् । उनी need.guru का संस्थापकपनि हुन् ।

प्रतिक्रिया