बुधबार, मंसिर १० २०७७
काठमाडौं ०१:०९
वासिङटन डिसी 14:24

ट्रम्पले जी-२० को बिश्व बैठकको उद्घाटन अवधिकै बीचमा मतगणनामा धाधली भएको ट्वीट गरे

इनेप्लिज २०७७ मंसिर ६ गते २१:०६ मा प्रकाशित

कसैलाई के धन्दा घरज्वाईलाई खानाको धन्दा भने झैँ जी-२० ( जि ट्वान्टी )को बिश्व बैठकको समुद्घाटन अवधिकै बीचमा मतगणनामा धाधली भएको ट्वीट गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याएका छन् ।

निर्वाचनको नतिजाबाट रन्थनिएका ट्रम्प अझ पनि पासा पल्टाउने ,अनेक तिकडम र अनेक षड्यंत्र वादको भूमरीमा अल्झी रहेको समयमा केही समय बैठकमा उनलाई धैर्यतापूर्वक बस्न अत्यन्तै गाह्रो भयो ।

संसारभरिका नेताहरूले कोरोनाभाइरस महामारीदेखि लिएर जलवायु परिवर्तनसम्मका मुद्दाहरूको बारेमा छलफल गर्न परोक्ष (भर्चुअल)शिखर सम्मेलन शुरू गरेपछि डोनाल्ड ट्रम्पको सोच भने अन्यत्र रहन गयो । अमेरिकाको चुनावको झगडालाई लिएर यता केन्द्रित रहेको देखियो ।

ट्र्म्पले साउदी राजा सलमान बिन अब्दुलाजीजले ९ मिनेटको भाषणमा सुने ।

जसले उनको रास्ट्रले आयोजना गरेको २० राष्ट्रको समूहको बैठकमा भाग लिने देशहरूका प्रमुखहरुलाई स्वागत गरे।

अन्य नेताहरूको भाषण र फुटेज ( टुक्राटुक्री )दृश्यहरु जी-२० को आधिकारिक संजाल (वेबसाइट)मा प्रत्यक्ष रुपमा देखाइएको थियो।

राजाले आफ्नो सम्बोधन समाप्त गरेको केही क्षणमा ट्रम्पले मिशिगन राज्य विधायिकाका रिपब्लिकन नेताहरूसँगको भेट गरेको टिप्पणीमा ट्वीट गरे। उनले यस्तो प्रतिज्ञा गरे: “हामी व्यापक र अभूतपूर्व ठगी देखाउँनेछौं!”

ट्वीटको भाषण पछि, उनले भर्चुअल(परोक्ष ) सत्र छोड्नु अघि र भर्जिनियाको गल्फ मैदानमा खेल्नजानु भन्दा पहिले आफ्नै टिप्पणीहरू दिए ।

ट्रम्पले साउदी राजाको टिप्पणी पछि मिशिगन सीनेट बहुमतका नेता माइक शिर्कीले ट्वीटको प्रतिक्रियामा लेखे । बैठकमा ट्रम्पले उद्घाटन सत्रमा उनले संयुक्त राज्य अमेरिकाले आफ्नो सुरक्षा अन्तर्गतको विश्वलाई सुरक्षित बनायो, नेटोलाई सुदृढ पार्दै इस्लामिक स्टेटलाई परास्त गर्यो र आतंकवादको बिरूद्ध लड्नेछ भने ।

उनले बेरोजगारीलाई कम गर्दै अमेरिका महामारीको बिरूद्ध लड्न सक्षम छ भनि दाबि गरे ।

श्रोत :ब्लुम्बर्ग डटकम

प्रतिक्रिया