बुधबार, मंसिर १० २०७७
काठमाडौं ०२:३८
वासिङटन डिसी 15:53

भर्जिनियामा यानशालामा राखिएका सवारीसाधनका हवाईथैलो व्यापक चोरी

इनेप्लिज २०७७ मंसिर ६ गते २०:१६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा गराज (यानशाला)मा सुरक्षाको लागि राखिएका सवारीसाधनका हवाईथैलोहरु व्यापक रुपमा चोरी भएका छन । करिव २ दर्जन गाडीका हवाईथैलो(एयर ब्याग)हरु गाडीका सिसा फुटाउदै चोरी गरिएको प्रहरीले जनाएका छन ।

वाशिंगटन डिसीको सीमामा रहेको भर्जिनियाको आर्लिंगटन शहरको एक आवासीय भवनको भुईतलामा चोरी भएका हुन् । मानिसहरुले आफ्नो सवारी साधन सुरक्षित होला भनि राखिएका सवारी साधन नै चोरी भए पछि सवारी साधनका धनिहरु आश्चर्यमा परेका छन ।

गत बुधबार राती देखि बिहिबार बिहान सम्म कसैले गाडीका झ्याल तोड्दै हवाईथैलोहरु लिएर बेपत्ता भएका छन । आर्लिंगटन शहरको बल्सटोन छिमेकको उत्तर स्थित ४४०० भवन समूहको चौथो सडकमा घटना भएको हो ।

हवाईथैलो कालाबजार(चोर बजार)मा निकै लोकप्रिय छ । हवाई थैलोको मूल्य खुद्रामूल्य औसतमा १ हजार डलर देखि माथि सम्मका हुन्छन । तर कालाबजारमा यसको भाउ ५० देखि २ सय डलर सम्म बेचिने गरिएको राष्ट्रिय बिमा अपराध विभागले जनाएको छ ।

सवारी साधन राख्ने यानशालामा अझ ज्यादा सुरक्षितका उपायहरु अपनाउनु पर्ने बासिन्दाहरुले बताएका छन् ।

श्रोत : एनबिसीवाशिंगटन डटकम

प्रतिक्रिया