प्रदेश नं १ मा ३६८ सङ्क्रमित निको भए, १३५ थपिए

इनेप्लिज २०७७ मंसिर ६ गते १५:२६ मा प्रकाशित

विराटनगर,६ मङ्सिर।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३६८ जना सङ्क्रमित निको भएर घर फर्केका छन्।निको हुनेमा ३६५ जना होम आइशोलसन र तीन जना अस्पतालबाट रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।अहिलेसम्म निको हुनेको सङ्ख्या २० हजार ५८८ पुगेको छ।

यसैगरी सोही अवधिमा ४७० जनाका पिसीआर परीक्षण गरिएकोमा ६७ महिला सहित १३५ जना सङ्क्रमित थपिएका छन्।

सङ्क्रमितहरुमा मोरङमा ६८ मध्ये विराटनगरमा ५०, झापामा ५४, सुनसरीमा छ,इलाम र धनकुटामा तीन÷तीन र पाँचथरमा एक जना रहेका छन्।प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या २५ हजार ७६ पुगेको मन्त्रालयले जनाएको छ।

यस प्रदेशमा अहिलेसम्म एक लाख ८२ हजार ६०७ जनाको पिसीआर परीक्षण गर्ने कार्य सम्पन्न भैसकेको छ।

प्रतिक्रिया