बुधबार, मंसिर १० २०७७
काठमाडौं ०२:४१
वासिङटन डिसी 15:56

ट्रम्पको जेष्ठ सुपुत्र कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ मंसिर ६ गते ०:०१ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पका जेष्ठ सुपुत्र कोरोना भाइरसबाट संक्रमित भएका छन । ब्लुमबर्गले सबै भन्दा उक्त समाचार प्रकाशित गरेको हो । डोनाल्ड ट्रम्प जुनियरलाई कोभिड-१९ बाट संक्रमित भएको जानकारी प्रवक्ताले गराएका हुन् ।

प्रवक्ताका अनुसार यही हप्ताको सुरु मै उनि संक्रमित भएका थिए । जव संक्रमित भएको पुष्टि आए देखि उनि आफ्नै सानो कक्षमा एकान्तवास रहेको जनाएका छन् ।

उनलाई लक्षणरहित भएको छ भने उनले सबै चिकित्सा सिफारिश र कोभिड-१९ दिशानिर्देशहरूको पालना गरि रहेको बताए । यस अगाडी राष्ट्रपति डोनाल्ड ट्रम्प,प्रथम महिला मेलानिया ट्रम्प र राष्ट्रपतिका कान्छा छोरा ब्यारोन लगायत विभिन्न व्यक्तिहरु कोरोनाबाट संक्रमित भएका थिए ।

अहिले सम्म व्हाइट हाउसमा जोडिएका कम्तिमा ४५ जना कोरोनाबाट संक्रमित भएका छन् ।

श्रोत :ब्लुम्बर्ग/सिएनएन

प्रतिक्रिया