बुधबार, मंसिर १० २०७७
काठमाडौं ०१:११
वासिङटन डिसी 14:26

विस्कनसिनको बिशाल बजारमा गोलीबारी हुँदा केही घाइते,बन्दुकधारी फरार

इनेप्लिज २०७७ मंसिर ५ गते २२:३८ मा प्रकाशित

अमेरिकाको विस्कनसिन राज्य स्थित एक बिशाल बजारमा बन्दुकधारीले चलाएको गोलीबारीमा कैयौ घाइते भएको प्रारम्भिक जानकारी एबिसी न्यूजले जनाएको छ । उक्त घटनामा केही घाइते भएको नगर प्रमुखले जनाएका छन ।

विस्कन्सिनको वाउवाटोसामा रहेको मेफेयर नामक मल(बिशाल बजार )मा भएको हो । घाइते भएका सबै पीडितहरुको अवस्था जोखिमपूर्ण नरहेको र उनीहरूलाई अस्पताल लगिएको वाउवाटोसाका नगर प्रमुख डेनिस म्याकब्राइडले एबीसी न्यूजलाई बताए ।

उक्त घटना स्थलमा करीव ७५ प्रहरी अधिकारीहरु मिल्वाकी भन्दा ६ माइल टाडा रहेको वाउवाटोसामा पुगेका छन ।

श्रोत :एबिसी न्यूज

प्रतिक्रिया