बुधबार, मंसिर १० २०७७
काठमाडौं २०:२५
वासिङटन डिसी 09:40

सिनेट अल्पसंख्यक नेता चक शुमरले यसरी रिपब्लिकनलाई झाको झारे

इनेप्लिज २०७७ मंसिर ५ गते २१:०७ मा प्रकाशित

डेमोक्रेटिकदलका सिनेटका अल्पसंख्यक नेता चक शुमरले जो बाइडेनको बिजयी भएकोमा स्वीकार नगरे पछि रिपब्लिकनलाई झाको झारे ।

उनले अगाडी भने अब चुनावबाट अघि बढ्ने र जो बाईडेनलाई अर्को राष्ट्रपतिको रूपमा स्वीकार्ने समय आइसकेको छ।

“चुनाव सकियो। यो प्रतिस्प्रद्धा थिएन। राष्ट्रपति ट्रम्प हारेका हुन् । जो बाइडेन संयुक्त राज्यको अर्को राष्ट्रपति हुनेछन्। कमला ह्यारिस संयुक्त राज्यको अर्को उप राष्ट्रपति हुने छिन् ।

सिनेट रिपब्लिकन: वास्तविकतालाई अस्विकार गर्न बन्द गर्नुहोस्,” सिनेटर शुमरले गत बिहीबार नोभेम्बर १२ का दिन क्यापिटल हिलमा पत्रकारहरुलाई भनेका हुन् ।

“चुनावमा कुनै शंका छैन। यो रिपब्लिकनहरुका रिसको झोंक बाहेक अरु केही होइन, श्रोताको लागि शोकपूर्ण राजनीतिक प्रदर्शन बाहेक अरु केही छैन: राष्ट्रपति डोनाल्ड जोन ट्रम्प,” उनले भने।

श्रोत :एबिसी न्यूज

प्रतिक्रिया