शनिबार, साउन ९ २०७८
काठमाडौं २३:०९
वासिङटन डिसी 13:24

रिपब्लिकनका पूर्व सभामुख रायनले बाइडेनले मात्र ट्रम्पलाई पराजित गर्ने गरेको भबिष्यवाणी सत्यतामा परिणत

इनेप्लिज २०७७ मंसिर ५ गते १७:१८ मा प्रकाशित

रिपब्लिकनका सशक्त तथा अमेरिकी तल्लो सदनका पूर्व सभामुख पाउल रायनले डेमोक्रेटिकका जो बाइडेनले मात्र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्ने गरेको भबिष्यवाणी पूरा भएको छ ।

उनको मुखमा सदैव दूधभात । उनले यस बर्षकै सुरुमा भर्खर डेमोक्रेटिक दलका उम्मेदवारहरुको चहल पहल भै र धमाधम उम्मेदारी दिदै गर्दा उनले बाइडेनलाई सशक्त र योग्य उम्मेदवार देखेका थिए ।

गत फेब्रुअरी ११ ,२०२० का दिन उनलाई पत्रकारहरुले राखेको जिज्ञाशामा उक्त जवाफ दिएका थिए । तर उनले बाइडेनले डेमोक्रेटिक दलको तर्फबाट मनोनयन पाउने कुरामा त्यति विश्वास नलागेको बताएका थिए ।

उनले बाइडेनले मात्र ट्रम्पलाई पराजित गर्ने सक्ने जनाएका थिए । रायनले फेब्रुअरी ११ मंगलबारको दिन अबुधाबीमा सीएनबिसीलाई उक्त कुरा भनेका थिए ।

उनले संचारकर्मी संग कुरा गर्दै डेमोक्रेटिकमा प्रगतिशील अगाडी जान सक्ने बताए । तत्कालिन समयमा बर्नी स्यानडर्स र एलिजावेथ वारेनले आएवामा बाइ डेन भन्दा राम्रो प्रस्तुति गरेका थिए ।

श्रोत :सिएनबिसी

प्रतिक्रिया