बुधबार, मंसिर १० २०७७
काठमाडौं ०२:१६
वासिङटन डिसी 15:31

मेरील्याण्डका गभर्नरले कोभिड-१९ का नियम लागू गरेकोमा असंवैधानिक भन्दै दायर गरिएको मुद्धा अदालतद्वारा खारेज

इनेप्लिज २०७७ मंसिर ५ गते १३:४९ मा प्रकाशित

मेरील्याण्डका गभर्नर ल्यारी होगनले कोभिड-१९ का नियम लागू गरेकोमा उक्त कार्यकारी आदेश असंवैधानिक भन्दै दायर गरिएको मुद्धा अदालतद्वारा खारेज गरिएको छ ।

एक संघीय न्यायाधीशले मेरील्याण्डका एक सभासद र अन्यवादीहरूले दर्ता गरेको मुद्दा खारेज गरेका हुन् ।

न्यायाधीशले गत बुधवार मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य डेल डान कक्स र अभियोगीले संशोधित उजुरीलाई सार्वजनिक स्वास्थ्यको रक्षा गर्न गभर्नरको दायित्व उचित भन्दै फैसला सुनाएको फ्रेडरिक न्यूज-पोष्टले समाचार प्रकाशित गरेको छ ।

कक्स र अन्य वादीहरूले मे महिनामा संशोधित उजुरी पेश गरेका थिए, र होगनको कार्यालयले जूनमा मुद्दा खारेज गर्ने प्रस्ताव दिएका थिए ।

मुद्दामा धेरै पादरीहरू र अन्यवादीहरू संलग्न रहेका थिए। गभर्नर होगनले मेरील्याण्डका बासिन्दाहरूको व्यक्तिगत र संवैधानिक स्वतन्त्रता उल्लघन गरेको आरोप सहित मुद्धा दायर गरेका थिए ।

श्रोत :डब्लुटिओपी/एपी

प्रतिक्रिया