बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १४:०६
वासिङटन डिसी 03:21

पेन्सेलभेनियामा साथीलाई छुरा प्रहार गरेको बदलामा गोली हान्ने सम्भवत नेपालीमूलका ३ किशोरहरु पक्राउ

इनेप्लिज २०७७ मंसिर ५ गते १२:२० मा प्रकाशित

अमेरिकाको पेन्सेलभेनिया राज्यमा आफ्नो साथीलाई बिगतमा छुरा प्रहार गरेको भन्दै बदलामा गोली हान्ने सम्भवत नेपालीमूलका/नेपाली भाषी ३ किशोरहरुलाई पक्राउ गरिएको छ ।

पेन्सेलभेनियाको डफिन काउन्टीको एक धुम्रपानको पसलमा साथीलाई छुरा हानेको बदला लिन किशोरहरुले गोली हानेको कारण उनीहरुलाई हिरासतमा लिइएको हो ।

तीन किशोरहरुले आक्रमण गर्ने उद्धेश्य सहित उक्त क्षेत्रमा यात्रा गरि गोली हानेको प्रहरीले जनाएका छन । गोली प्रहार गर्ने ति किशोरहरुमा क्रमस १७ बर्षिय कृष्ण भण्डारी, १८ वर्षीय कपिल बस्नेत र १६ बर्षीय सुजान तामाङ्गलाई हत्याको प्रयास र उनीहरूको उक्त घटनामा भूमिका रहेको र उत्तेजित हमलाको आरोप लगाइएको छ।

गत नोभेम्बर १३ को दिन राती ९ बजे स्वतारा उपनगर प्रहरीलाई गोलीबारी भएको खबर आएको थियो । उक्त स्थानमा डेरीस्ट्रिट नामक सडक स्थित डेरीस्मोक पसलमा उक्त घटना भएको थियो ।

आपराधिक उजुरी अनुसार एक जना पीडित पुरुषलाई अज्ञात किशोरले छातीमा गोली हानेका थिए भनि प्रहरीले उल्लेख गरेका छन । प्रहरीका अनुसार पीडितको अवस्था गम्भीर ,अचेत र वायुप्रवाहक (भेंटिलेटर) रहेको वताएका छन् ।

भण्डारी, बस्नेत र तामाङ्ग लाई हिरासतमा प्रहरीले सोधपुछ गरेका छन् ।

आपराधिक उजूरीका अनुसार किशोरहरुले उक्त साथीलाई हेरिसबर्ग इलाका बाहिरका सम्भावित समूहसँग सहकार्य गरि आक्रमण गर्ने योजना बनाएका थिए जसले उसका साथीलाई आक्रमण गरेको उनीहरुले विश्वास गरेका थिए ।

उक्त पसलमा झगडा र गोली हानेको श्रब्यदृश्य (भोडियो) भने फेला परेको छैन भनि प्रहरीले जनाएका छन् । उनीहरु त्यहाँ पुग्दा उक्त समूहले आपराधिक उजुरी अनुसार धूम्रपान गर्ने पसल बाहिर धुम्रपान गर्ने व्यक्तिहरुसंग बहस सुरु गरेका थिए ।

घटना स्थलमा २६ बर्षिय व्यक्तिलाई छातीमा गोली हानिएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ भने उनको अवस्था भने स्थिर रहेको प्रहरीले बताएका छन ।

श्रोत : सिएनएन/ फक्स४३ डटकम ,तस्बिर : स्वतारा प्रहरी बिभाग

प्रतिक्रिया