बिहीबार, मंसिर १८ २०७७
काठमाडौं २२:३५
वासिङटन डिसी 11:50

अमेरिकामा सर्वाधिक कोरोनाबाट संक्रमित ,एकैदिनमा १ लाख ८७ हजार सक्रमित ,२ हजारको मृत्यु

इनेप्लिज २०७७ मंसिर ५ गते ११:३७ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ८ सय ३३ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार एकैदिनमा २ हजार १५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

गत बिहिबार नोभेम्बर १९ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार १० औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नया संक्रमितको संख्यामा वृद्धि भएको छ । गत नोभेम्बर १३ का दिन एकैदिनमा १ लाख ७७ हजार २ सय ४४ पुगेको थियो ।

हाल सम्म कूल ११ करोड ९ लाख ६ सय ९० जना संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४२ लाख ४४ हजार २ सय ५५ पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ५७ हजार ३ सय २ पुगेको छ ।

श्रोत :सिएनएन /जोन्स हप्किन्स बिश्वबिद्यालय

प्रतिक्रिया