राष्ट्रिय समन्वय परिषद, अमेरिका सल्लाह सुझाव बारे।

इनेप्लिज २०७७ मंसिर ५ गते ८:३२ मा प्रकाशित

 


मिति: नोभेम्बर १९, २०२०

श्री सदस्यज्यूहरु
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका

बिषय : सल्लाह सुझाव बारे।

आदरणिय सदस्यज्यूहरु,

उपरोक्त सम्बन्धमा, गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद, बिधान संसोधन समितिको मिति नोभेम्बर १३, २०२० को पत्रानुसार: केहि समय भित्र संघले अन्लाईन बिशेष साधारण सभा गर्ने तयारि गरिरहेको, र बिशेष अधिवेसनमा संघको विधानका केहि मूलभूत बिषयहरुमा संशोधन प्रस्ताव पेश गर्ने भएको हुँदा तपसिलका बिषयहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सुझाव माग भएको व्यहोरा अवगत गरिन्छ। तसर्थ, हामीले आधिकारिक सुझाव पेश गर्नु अघि आदरणिय सदस्यज्यूहरुको राय सुझाव संकलन गर्न मनासिव ठानेका छौं। र यहाँहरुकै सुझावको आधारमा संस्थाले आफ्नो आधिकारिक धारणा बनाउने भएको हुँदा तल दीइएको इमेल ठेगानामा सुझाव प्रेषित गरिदिनहुन बिनम्र अनुरोध गरिन्छ।

Email: [email protected]

तपसिल

१. संस्थाको रुपान्तरणको लागि निशुल्क सदस्यता तथा महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसनको ब्यबस्था र आइसिसि सदस्य संख्यको निर्धारण र चयन प्रकृया ।
२. अनलाइन मतदान ( निर्बाचन कार्यबिधी) ।
३. अन्तर्राष्ट्रिय समन्यव परिषदको महाधिवेशनमा हुने प्रतिनिधिको छनौट बिधि, प्रकृया र मापदण्ड निर्धारण बारे ।
४. संस्थाको कार्यकाल, कार्यकारिणी समितिको आकार ।
५. व्यवसायगत (प्रोफेसनल) संरचनाको निर्माण ।
६. महिला तथा युबा समितिको गठन र कार्यबिधि ।
७. संस्थागत संरचना सुदृढ गर्दै संघको साख अझ उचो बनाउन विधानमा आबस्यक अन्य संसोधनका बिषयहरु भए सुझाबको रुपमा पठाउनु हुन हार्दिक अनुरोध गरिन्छ ।

बाबु राम (बिआर) लामा
उपाध्यक्ष तथा बिधान समिति सभापति
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, अमेरिका

प्रतिक्रिया