‘नक्कली साली’ पछि योगेश काजी र विजय दर्पणले ल्याए ‘बारीको कर्कलो’ (भिडियोसहित)

इनेप्लिज २०७७ मंसिर ५ गते ८:२० मा प्रकाशित

काठमाडौं,

निक्कै रुचाइएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

विजय दर्पणको शब्द, योगेश काजीको सङ्गीत,गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको छ ‘बारीको कर्कलो’ मा।गीतमा निश्चल गुरुङ,सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ।

राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन तथा ड्रोन रहेको भिडियो राजिव समरको कोरियोग्राफी रहेको छ।अमेरिकमा बसेर गीत लेखनमा सक्रिय नाम हो विजय दर्पण ।उनका धेरै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन्।योगशसँग विजयको यो दोस्रो सहकार्य हो।यसअघि यिनिहरुको सहकार्यमा ‘नक्कली साली’ सार्वजनिक भएको थियो ।

प्रतिक्रिया