फ्रान्समा बन्यो २२ औँ राष्ट्रिय सद्भाव समिति

इनेप्लिज २०७७ मंसिर ५ गते ७:५६ मा प्रकाशित


पेरिस नोभेम्बर २०,

फ्रान्समा बसोबास गर्ने साझा पार्टीप्रति शुभेच्छुकहरुले श्रीराम श्रेष्ठको संयोजकत्वमा साझा सद्भाव समूह राष्ट्रिय समिति फ़्रान्स गठन गरेका छन्।

समितिको सह-संयोजकमा वशन्त जोशी रहेका छन् भने सदस्यहरुमा अनिल थापा मगर, सुजन बञ्जारा, कुमार कट्टेल, सुरेश राई र यम घले रहेका छन्।

फ्रान्समा रहेका २० जना सद्भाव समूहका सदस्यहरुबाट भर्चुवल बैठक बसी लोकतान्त्रिक पद्धतिबाट ७ जना छनोट गरिएको संयोजक श्रीराम श्रेष्ठले बताएका छन्। यसै समितिले सम्भव भएका अन्य शहरहरुमा सद्भाव समूहहरुको निर्माण गर्न संयोजनकारी भूमिका खेल्नेछ। फ्रान्समा राष्ट्रिय सद्भाव समिति गठनसंगै सद्भाव समूहको राष्ट्रिय समितिको संख्या २२ पुगेको छ।

यूरोपको अन्य देशमा पनि साझा सद्भाव समुहको विस्तारलाई तीब्रता दिएको साझा सद्भाव समुहका यूरोप संयोजक एसके श्रेष्ठले बताए।

प्रतिक्रिया