शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १०:१८
वासिङटन डिसी 23:33

निर्वाचित राष्ट्रपति बाइडेनले भने ‘म अर्थव्यवस्था बन्दाबन्दी गर्ने हैन ,म भाइरस बन्दाबन्दी गर्ने हो’

इनेप्लिज २०७७ मंसिर ४ गते २३:४२ मा प्रकाशित

निर्वाचित राष्ट्रपति जो बाइडेनले भने “म अर्थव्यवस्था बन्दाबन्दी गर्ने हैन ,म भाइरसको बन्दाबन्दी गर्ने हो ” भन्दै प्रष्ट पारेका छन । उनले परोक्ष(भर्चुअल )रुपमा आगामी जनवरी २० मा सपथ ग्रहण लिनु अघि डेमोक्र्याटिक र रिपब्लिकन दलका गभर्नरहरुसंग कोरोना महामारीको बिषयमा विशेष कुराकानी पश्च्यात पत्रकारको जिज्ञाशामा उक्त कुरा प्रष्ट पारेका हुन् ।

केही दिन पहिले संचार माध्यममा बाइडेनले २ महिनाको लागि राष्ट्र बन्दाबन्दी गर्ने कुरा उनले चलाएको भन्ने नकारात्मक कुरा बाहिर आए पछि डेलावेयरमा पत्रकाहरुले त्यही जिज्ञाशा राख्दा स्पष्ट पारेका छन् ।

बाइडेनले अमेरिकामा कोरोनाभाइरस महामारीको बोझमा संघर्ष गरिरहने भएकोले उनले अर्थव्यवस्था बन्द नगर्ने वाचा गरेका हुन् । बाइडेनले राष्ट्रिय मुखावरण (मास्क) जनादेश, कोरोनाभाइरस खोप वितरण गर्ने योजना र नगदग्रस्त राज्यहरुलाई नोभेम्बर १९ बिहीबारका रिपब्लिकन र डेमोक्र्याटिकका गभर्नरहरुसँगको छलफलमा सहयोग पुर्‍याउने बारेमा छलफल गरे।

ट्रम्पको बहिर्गमन प्रशासनले बाइडेनको संक्रमण टोलीसंग संघीय एजेन्सीहरू र खोप वितरण गर्ने लगायतको पहुँच प्रदान गर्न अस्वीकार गरिरहेको छ।

उनले पछि पत्रकारहरुलाई भने कि गभर्नरहरूले कोरोनाभाइरसको परीक्षण व्यापक रूपमा उपलब्ध गराउन कति समय लाग्छ भन्नेमा चिन्ता व्यक्त गरेको र खोप आए पछि वितरण प्रणालीलाई बिलम्ब हुन् बाट बचाउन लागि चिन्तित भएको उनले बताए ।

“यो एकपक्षीय बैठक होइन,” बाइडेनले भने । किनभने रिपब्लिकन र डेमोक्र्याटिक दल दुवैको सहभागिता रहेको थियो । “हामी सहमत भयौं कि हामी गभर्नरहरूसँग नियमित रुपमा भेट्ने छौं; उनीहरूको सहयोगको अपेक्षा राखेको जानकारी गराए । ”

बैठकमा निर्वाचित उपराष्ट्रपतिल कमला ह्यारिस र चिकित्सा विज्ञ बाइडेनको कोरोनाभाइरस सल्लाहकार समितिको बैठकमा बिहीबार भेला भएका थिए । राष्ट्रिय गभर्नर संगठनको कार्यकारी समितिका १० सदस्यहरु बैठकमा उपस्थित रहेका थिए । ह्यारिसले पनि बोलेकी थिइन् भने एक पत्रकारले पनि उनलाई जिज्ञाशा राखेका थिए ।

सहभागीहरूको सूचीमा म्यासाचुसेट्सका रिपब्लिकन चार्ली बेकर, युटाका ग्यारी हर्बर्ट, मेरील्याण्डको ल्यारी होगन, आर्कान्साका आसा हचिन्सन र अलाबामाका के आइवी रहेका थिए।

डेमोक्र्याटहरुमा न्यू योर्कका एन्ड्र्यू कुमो, न्यू मेक्सिकोका मिशेल लुजन ग्रिसम, कोलोराडोको जारेड पोलिस, मिशिगनका ग्रेचेन व्हिटमर र डेलावेयरका जोन कार्नी थिए।

श्रोत :सिएनएन/एबिसीन्यूज

प्रतिक्रिया