रहेनन् पत्रकार गोकर्ण गौतम

इनेप्लिज २०७७ मंसिर ४ गते २२:५६ मा प्रकाशित

काठमाडौं — नेपाली सञ्चार क्षेत्रले एक हाेनाहार पत्रकार गुमाएको छ। कला, साहित्य सम्बन्धी कलम चलाउँदै आएका पत्रकार गाेकर्ण गौतमको बिहीबार निधन भएको छ।

कान्तिपुरका पत्रकार गौतमको मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ निधन भएको हो।

मष्तिष्कको नशामा समस्या आएपछि उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा उपचाररत गौतमले बिहीबार अन्तिम श्वास फेरेका हुन्।

३१ वर्षीय गौतमकाे पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने बताइएको छ।

प्रतिक्रिया