बुधबार, मंसिर १७ २०७७
काठमाडौं ११:२३
वासिङटन डिसी 00:38

टेनिसीमा दायर गरिएको मुद्दामाथि आउँदो अप्रिल ६ र ७, २०२१ मा बहस हुने

इनेप्लिज २०७७ मंसिर ४ गते २२:२५ मा प्रकाशित

मितिः नोभेम्बर १८, २०२०

आदरणीय गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका सम्मानित सदस्य ज्यूहरु
अमेरिका बासी आमा बुवा, दाजु भाई तथा दिदी बहिनीहरु सम्पूर्णमा नमस्कार ।

अमेरिका निवासी तपाई हामी सबैको छाता, साझा अनि अभिभावक संस्थाको रुपमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका रहेको छ । यस संस्थाले निरन्तर गैर आवासीय नेपालीको हितका निम्ति काम गर्दै आएको छ । सबैको साथ, सहयोग र सहकार्यका कारण एनआरएनए, अमेरिकाको वर्तमान कार्यसमितिले सक्रियता पूर्वक काम गर्न सकेकोमा सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । भविष्यमा पनि यहांहरूको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ ।

सामाजिक संस्था भएपछि केही उतार चढाव त आउँछ नै, केही असन्तुष्टि पनि नहुने होइन । यसलाई सरल डङ्गबाट समाधान गर्ने तर्फ सबैको जोड हुनुपर्दछ । संस्थामा आफूले चाहेकै जस्तो गरी निर्णयहरू नआउन सक्छन्, प्रजातान्त्रिक विधि र पद्दती आत्म साथ गरेपछि सदस्यहरूले गर्ने मत नै निर्णायक रहन्छ, यसलाई अन्यथा कसैले लिनुहुँदैन,बरु संस्थालाई बलियो बनाउन रचनात्मक भूमिका खेल्नुपर्दछ।यस संघको बिधान अनुसार संस्थाको निर्वाचन हरेक २ वर्षमा सम्पन्न हुन्छ,यसलाई सम्झिएर अघि बढ्दा हामी सबैको हित हुन्छ अनि संस्थालाई सुदृढ गर्न पनि त्यसले बल पुर्‍याउँछ ।

तर विडम्बना हाम्रो संस्थाको पछिल्लो निर्वाचन वाट वर्तमान कार्यसमिति चयन भए लगत्तै कोर्टमा मुद्दा दायर गरिएको यहाँहरूमा जानकारी रहेकै छ।मुद्दा दायर गर्दा संस्थाको छविमै असर पुग्दछ भन्ने हेक्का संस्थालाई माया गर्छौ भन्नेहरू बाट हुनुपर्ने हो तर त्यस्तो देखिएन।तैपनि हामीले आवेशको रूपमा गरिएको असन्तुस्टी लाई विभिन्न माध्यमबाट समाधान गर्न चाह्यौँ र संवादका लागी निरन्तर लागिरह्यौँ।सामाजिक संस्थामा सहकार्य गरेर अघि बढ्नु पर्ने हुन्छ । पदीय जिम्मेवारी मा बस्दा वा नबस्दा पनि संस्थालाई माया गर्छौ भन्नेहरूले जसरी पनि सेवा गर्न सक्दछन्, संस्थाका सहयोगी बन्न सक्दछन्।

र अन्त्यमा, संस्था विरुद्ध चान्सेरी कोर्ट फर डेभिडसन काउन्टी,टेनिसीमा दायर गरिएको मुद्दामाथि आउँदो अप्रिल ६ र ७, २०२१ मा बहस हुने गरी कोर्ट वाट जानकारी आएको सबै सम्मानित सदस्यहरूमा जानकारी गराउँदछौँ ।आगामी दिनमा केही अपडेटहरू आएमा पनि यसरी नै सूचित गर्ने छौँ ।तपाईँहरूको निरन्तर साथ, सहयोग, सहकार्य अनि विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका

प्रतिक्रिया