बिहीबार, साउन १४ २०७८
काठमाडौं ०२:३३
वासिङटन डिसी 16:48

फाइजरको कोभिड-१९ को खोप ९५ प्रतिशत भन्दा प्रभावकारी,स्वीकृतिका लागि पेश गरिने

इनेप्लिज २०७७ मंसिर ४ गते १२:०९ मा प्रकाशित

फाइजरले कोभिड-१९ को खोपको शिघ्र स्वीकृति एफडिए संग लिने भएको छ । प्रतिष्ठानले पछिल्लो जानकारी दिए अनुसार परीक्षण गर्दा खोप ९५ प्रतिशत भन्दा ज्यादा प्रभावकारिता रहेको बताएका छन् ।

फाइजर र बायोटेकले विकास गरेको एक अग्रणी कोरोनाभाईरस खोप “केही दिन भित्र” स्वीकृतिका लागि पेश गरिने जनाएका छन् । उनीहरूको अन्तिम विश्लेषणले यो औषधि पहिले सोचे भन्दा बढी प्रभावकारी भएको बताएका छन् ।

अमेरिकाको ओखति निर्माण गर्ने प्रतिष्ठान (फर्मा कम्पनी )र यसको जर्मन साझेदारले तेश्रो चरणको परीक्षण पूरा भएको छ । गत हप्ता घोषित गरिएको प्रतिशत भन्दा माथि रहेको उनीहरुले उल्लेख गरेका छन ।

दुई खुराक प्राप्त गर्ने ४१,१३५ वयस्क मध्ये कसैलाई पनि गम्भीर नकारात्मक असर (दुष्प्रभाव)नभएको उल्लेख गरेका छन् । सयुक्त रुपमा दुवै प्रतिष्ठानले एक वक्तब्य निकाली सबैभन्दा दुष्प्रभाव भनेको ३.७ प्रतिशत सहभागीहरूले थकान भएको अनुभव गरेको र २ प्रतिशतले टाउको दुखाइको अनुभूति गरेको उल्लेख गरेका छन् ।

विशेषज्ञहरु अधिक सावधानीपूर्वक अधिक तथ्यांक सार्वजनिक गर्नु भन्दा पहिले सावधानीको आग्रह गरेका छन्। “म कच्चा तथ्यांक हेर्न चाहन्छु,” बर्मिंघमको अलाबामा विश्वविद्यालयमा विश्वव्यापी स्वास्थ्यका लागि सहयोगी डीन (संकायाध्यक्ष)डा माइकल सागले भने। साग फाइजरको खोप परीक्षणमा संलग्न थिएनन्।

“अध्ययनको नतीजाले यस विनाशकारी महामारीलाई अन्त्य गर्न मद्दत गर्न सक्ने खोपलाई अगाडि बढाउनको यो आठ महिनाको यात्राको महत्त्वपूर्ण पाइला हो,” फाइजरका अध्यक्ष र मुख्य कार्यकारी अधिकारी डा अल्बर्ट बोर्लाले विज्ञप्तिमा भनेका छन् “प्रत्येक दिन विश्वभरि सयौं हजारौं व्यक्तिहरू संक्रमित भएपछि हामीले तुरुन्त विश्वमा एक सुरक्षित र प्रभावकारी खोप लिनु पर्छ।”

श्रोत :एनबिसी न्यूज डटकम

प्रतिक्रिया