शुक्रबार, साउन १५ २०७८
काठमाडौं १५:३५
वासिङटन डिसी 05:50

अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ७० हजार,मृत्यु हुनेको संख्या १,८४८

इनेप्लिज २०७७ मंसिर ४ गते ११:२९ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७० हजार १ सय ६१ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार एकैदिनमा १ हजार ८ सय ४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

गत बुधबार नोभेम्बर १८ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार नवौ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नया संक्रमितको संख्यामा वृद्धि भएको छ ।

हाल सम्म कूल ११ करोड ७ लाख १४ हजार संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४२ लाख १८ हजार पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ५५ हजार २ सय ७९ पुगेको छ ।

श्रोत :सिएनएन /जोन्स हप्किन्स बिश्वबिद्यालय

प्रतिक्रिया