शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं १२:०२
वासिङटन डिसी 01:17

ट्रम्पले विस्कनसिनका दुई काउन्टीमा पुन: मत गणना गर्न ३० लाख डलर बुझाए

इनेप्लिज २०७७ मंसिर ४ गते १:४६ मा प्रकाशित

एसोसिएट प्रेस(एपी )। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जो बाइडेनसंग विस्कनसिन चुनाव हारे पछि १५ दिन पछि उक्तराज्यका दुई काउन्टीमा पुन: मत गणना गर्न ३० लाख डलर बुझाएका छन् । उक्त रकम ट्रम्प अभियानले बुझाएको हो ।

सन् २०१६ को चुनावमा विस्कनसिनमा हिलारी क्लिन्टनलाई हराएका थिए । यस पटक बाइडेन संग हारे पछि धाधली गरेको भन्दै ४ वटा मुख्य राज्यहरुमा पुन गणना गराउदै मुद्धा फिर्ता गर्दै गर्दा आज बुधबार मुद्धा दायर गरेका छन् ।

मुद्धा दायर गर्दै र आरोप लगाउदै “नराम्रो अनियमितता” को क्षेत्र हो भनि डेमोक्र्याटिक दलको सर्वाधिक ठूलो काउन्टी लाई दोषारोपण गरेका छन् । उनले अवैध गतिविधिको कुनै प्रमाण नभई उक्त कुरा ओकलेका हुन् ।

मिलवाकी र डेन काउन्टीमा पुन: गणना बिहीबार हुने बित्तिकै सुरु हुन सक्छ । र डिसेम्बर १ मा सम्पन्न हुनु पर्नेछ। डेमोक्र्याटका जो बाइडेनले ५,७७,४५५ मत प्राप्त गरेका थिए भने ट्रम्पले २,१३,१५७ मत प्राप्त गरेका थिए । निर्वाचित बाइडेनले राज्यभरिमा २०,६०८ मतले बिजयी भएका थिए ।

बाइडेनमा चुनाव अभियानका प्रवक्ता नेटे इभान्सले भने, “विस्कन्सिनमा मतदाताले आफ्नो मतपत्र अत्यधिक प्रयोग गरे पछि आधिकारिक क्यानभास नतिजाले जो बाइडेनको स्पष्ट र जोडदार रुपमा जीतको पुष्टि भयो।”

उनले अगाडी भने मिल्वाकी र डेन काउन्टी छनौट गरिएको भएता पनि पुन: गणनाले यी परिणामहरूलाई परिवर्तन गर्दैन।”

मिलवाकी काउन्टी राज्यको सबैभन्दा ठूलो काउन्टी हो । उक्त काउन्टीमा अस्वेतहरूको जनसंख्याको लगभग २७ प्रतिसत छ । जुन अरू कुनै काउन्टीभन्दा ठूलो हो।

प्रतिक्रिया