प्रदेश १ मा ४४० कोरोना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ मंसिर ३ गते २२:४१ मा प्रकाशित

विराटनगर,३ मङ्सिर।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४४० जना कोरोना सङ्क्रमित थपिएका छन्।सोमध्ये १४६ महिला र २९४ पुरुष छन्।

थपिएका सङ्क्रमितमा मोरङमा २२३ मध्ये विराटनगरमा १२४, सुनसरीमा ८४, झापामा ६६,इलाममा १२,उदयपुरमा ११,संखुवासभामा पाँच, पाँचथरमा चार, धनकुटामा दुई,ताप्लेजुङ,ओखलढुङ्गा र भोजपुरमा एकएक र प्रदेश बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यसप्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २४ हजार ५१६ पुगेको छ भने आज ३६३ जना सहित अहिलेसम्ममा १९ हजार २३१ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा एक हजार २६१ जना सहित कुल एक लाख ८० हजार ५३० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया