नेकपाका सचिवालय बैठक सार्न ओली पक्षको आग्रह, बैठक सार्ने–नसार्ने विषय बैठकबाटै टुंगो लगाउनुपर्ने प्रचण्डको जवाफ, ठाउँ तोक्न नसक्दा खुलामञ्चमै खाना खुवाइयो

इनेप्लिज २०७७ मंसिर ३ गते २:५५ मा प्रकाशित

नेकपाका सचिवालय बैठक सार्न ओली पक्षको आग्रह, बैठक सार्ने–नसार्ने विषय बैठकबाटै टुंगो लगाउनुपर्ने प्रचण्डको जवाफ, ठाउँ तोक्न नसक्दा खुलामञ्चमै खाना खुवाइयो, हेर्नुहोस मंसिर ३ गतेका मुख्य समाचारहरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड-माधव पक्षसँग प्रस्ताव गरेको छ ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो । प्रधानमन्त्री केपी ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको बालुवाटार स्रोतले बतायो ।तर, प्रचण्डले भने बैठक सार्ने/नसार्ने विषय बैठकबाटै टुंगो लगाउनुपर्ने जवाफ दिएको बुझिएको छ ।

काठमाण्डौ महानगरपालिकाले मङ्सिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टिम नेपालले खाना खुवाएको छ । महानगरले ठाउँ तोक्न नसकेपछि खुलामञ्चमै खाना खुवाइएको हाम्रो टिम नेपालले जनाएको छ । हेर्नुहोस मंसिर ३ गतेका मुख्य समाचारहरु

प्रतिक्रिया