मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०३:४६
वासिङटन डिसी 17:01

टेक्ससमा एचडिएनपी अन्तरराष्ट्रियले क्रिसमसमा घरबार बिहिनलाई कम्बल वितरण गर्ने

इनेप्लिज २०७७ मंसिर ३ गते २:२७ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा स्थापित एचडिएनपी अन्तरराष्ट्रियले आगामी क्रिसमसको अवसरमा घरबार बिहिनलाई कम्बल वितरण गर्ने भएको छ । अहिले देखि उक्त कार्यक्रमको लागि कम्बलको संकलन भै रहेको जानकारी एचडिएनपीका संस्थापक देवी डेविड आचार्यले दिएका छन् ।

आगामी डिसेम्बर २४ का दिन कम्बल वितरण दुई स्थानमा गरिने छ । टेक्ससको फोर्ट वर्थ युनिटी पार्कमा १० बजे देखि २ बजे कम्बल वितरण गरिने छ भने त्यस पछि ठिक २:३० देखि ४ बजे सम्म अर्को स्थानमा वितरण गरिने छ ।

यदि यहाँहरु पनि यस पुन्य काममा सहभागी हुन् चाहनु हुन्छ भने हार्दिक स्वागत गरिने आयोजकले बताएका छन । कम्बलको लागि केवल १४ डलर र स्लिंपिंग म्याट (सुत्ने चटाई/सुकुल )को १० डलर मात्र भएकोले जो कोही यसमा सहभागी हुन सक्नु हुनेछ अथवा दुवैलाई पनि प्रायोजन गर्न सक्नु हुनेछ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडिएनपी इन्टरनेसनल ) अमेरिकी सरकारमा दर्ता भै मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ । संस्थाले टेक्ससको ड्यालस क्षेत्रमा बसोबास गर्दै आएका घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई खाना खुवाउदै आई रहेको छ ।

उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविकोपार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ छ भने एचडिएनपी इन्टरनेसनलले हरेक ३ महिनामा रक्तदान पनि संचालन गर्दै आएको छ ।

यहाँहरु यस बिषयमा बिस्तृत जानकारी लिन चाहनु हुन्छ भने यहाँ थिच्नु होला ।

https://www.eventbrite.com/e/christmas-blanket-drive-gifts-for-the-homeless-tickets-120818985839?aff=ebdssbeac

प्रतिक्रिया