बुधबार, मंसिर १० २०७७
काठमाडौं ०२:१५
वासिङटन डिसी 15:30

भर्जिनियामा भारतीय मूलका पिताले छोरालाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ

इनेप्लिज २०७७ मंसिर ३ गते १:२० मा प्रकाशित

भर्जिनियामा एक भारतीय मूलका पिताले आफ्नै छोरालाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । उक्त भारतीय मूलका पिताले बन्दुक अभ्यास गर्ने ठाउँमा छोरालाई गोली हानेको आरोप प्रहरीले लगाएका छन् । भर्जिनियाको लोर्टन शहरमा उक्त घटना भएको हो ।

फेयरफ्याक्स काउन्टी प्रहरीलेले मंगलबार एक विज्ञप्ति जारी गरि ६३ वर्षीय अजय श्रीवास्तवले उनको आफ्नै २३ वर्षीय वरुण श्रीवास्तवलाई गोली हानेका थिए । त्यसपछि राती ९ बजेतिर आफैलाई गोली हानेका थिए ।

उक्त घटना गत बुधवार नोभेम्बर ११ का दिन टर्मिनल रोड (सडक) बाहिर शार्पशूटर्स बन्दुक अभ्यास गर्ने स्थान बाहिर कार (सवारी साधन)अडान क्षेत्रमा भएको थियो । उनले उक्त स्थानमै गोली हानेका थिए ।

शुक्रबार राति गोली लागी घाइते भएका कारण वरुण श्रीवास्तवको मृत्यु भएको छ भने बुबा जीवित रहेका छन ।

भर्जिनिया भियनाका अजय श्रीवास्तवलाई दुर्भावनापूर्ण द्वेषपूर्ण क्षति पुर्‍याउने र घातक बन्दुकको प्रयोगको आरोप लगाइएको छ। प्रहरीका अनुसार काउन्टी चिकित्सा परीक्षकले यस बारेमा थप जानकारी दिए पछि जासूसहरूले आगामी सोमबार अध्यावधिक गर्ने आशा गरेको बताएका छन् ।

अजय श्रीवास्तवलाई फेयरफ्याक्स काउन्टी वयस्क हिरासत केन्द्रमा बिना धरौटीमा राखिएको छ।

यस वर्ष यस काउन्टीमा यो १३ औं हत्याकाण्ड हो ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया