बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १०:४५
वासिङटन डिसी 00:00

भर्जिनियामा एक महिला अपहरण गरि हत्या गर्ने धम्कि दिने एक व्यक्तिलाई १२ बर्ष कैदको सजाय

इनेप्लिज २०७७ मंसिर ३ गते ०:०२ मा प्रकाशित

भर्जिनिया राज्यमा एक महिलालाई अपहरण गरि हत्या गर्ने धम्कि दिने एक व्यक्तिलाई १२ बर्ष कैदको सजाय सुनाईएको छ । मेरिल्याण्ड संघीय अदालतका न्यायाधिशले उनलाई १२ बर्षको कैद सुनाएका हुन् ।

उनले अपहरण गरि पीडित महिलालाई उनि बिरुद्ध बयान दिएमा मार्ने धम्कि दिएका थिए । मेरिल्याण्ड स्थित अमेरिकी अधिवक्ताको कार्यालयले एक बिज्ञप्ति निकाली भर्जिनिया एलेकजेनड्रीया निवासी ४३ बर्षिय हेनरी केनर द्वितीयलाई मंगलबार नोभेम्बर १७ का दिन सजाय सुनाइएको छ ।

उनलाई ५ बर्षे सुपरिवेक्षित मुक्त पनि दिइएको छ । उक्त व्यक्तिले पीडित महिलाको घरबाट अपहरण गरेका थिए । र पछि उनलाई उनकै घर छोडेको समाचार डब्लुटिपीले लेखेको छ ।

उक्त व्यक्तिले महिलालाई अस्पतालमा छोड्नु अघि मार्ने धम्की दिएका थिए भने तर पछि उनले अरू कसैलाई उक्त पीडितलाई मार्ने राजी गराउने प्रयास गरेका थिए ।

श्रोत :एपी/डब्लुटिओपी

प्रतिक्रिया