बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १४:०३
वासिङटन डिसी 03:18

अमेरिकामा एकैदिनमा कोरोना संक्रमितबाट संक्रमित हुनेको संख्या १ लाख ६६ हजार ,९९५ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर २ गते ११:२८ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६६ हजार ४५ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार एकैदिनमा ९ सय ९५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

गत सोमबार नोभेम्बर १६ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । अमेरिकामा संक्रमित अत्यधिक वृद्धि भएकोले सबै राज्यहरुमा नयाँ मार्गदर्शन ,सावधान र सतर्कता अपनाउन आदेश जारी गरेका छन् ।

लगातार सातौ दिन सम्म अत्यधिक नयाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गइ रहेको छ । गत नोभेम्बर ७ मा १,२८,४६८ ,नोभेम्बर १० मा १,४०,२९० ,नोभेम्बर ११ मा १,४३,२३१ ,नोभेम्बर १२ मा १,५३,४९६ ,नोभेम्बर १३ मा १,८४,५१४ र नोभेम्बर १४ मा १,१६,७१६ ,नोभेम्बर १५ मा १,३५,१८७ र नोभेम्बर १६ मा १,६६,०४५ कोभिड-१९ बाट संक्रमित हुनेको संख्या पुगेको छ ।

हाल सम्म कूल ११ करोड ३ लाख ७१ हजार संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४१ लाख २२ हजार पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ५ सय ६७ पुगेको छ ।

श्रोत :सिएनएन /जोन्स हप्किन्स बिश्वबिद्यालय

प्रतिक्रिया